प्रतिताेला हजार रुपैयाँ बढ्याे सुनकाे मूल्य, कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडाैं । नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य बढेको छ ।

अघिल्लो कारोबार दिन प्रतितोला २ सय रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला एक हजार रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको तुलनामा चाँदी प्रतितोला १० रुपैयाँ बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय १० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१