नेपाली राष्ट्रिय क्रिकेट टिमकाे मुख्य प्रशिक्षक मनोज प्रभाकरले दिए पदबाट राजीनामा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले पदबाट राजीनामा दिएका छन् ।

डिसेम्बर २ देखि ८ सम्म नामिबियामा सम्पन्न आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशिय शृंखलामा लज्जास्पद प्रदर्शन गरेकाे थियाे ।

नेपालकाे लज्जास्पद प्रदर्शनपछि उनी भारत गएकाे थिए ।

बिहीबार नेपाल क्रिकेट संघले प्रभाकरको राजीनामा स्वीकृत गरेको जानकारी गराएको छ । यस्तै, क्यानले उनलाई आगामी यात्राका लागि शुभकामना पनि दिएको छ ।

तत्कालिन प्रशिक्षक पुवुदु दाशनायकेले राजीनामा दिएपछि नेपाली क्रिकेटको जिम्मेवारी सम्हालेका प्रभाकरले राम्रो नतिजा दिन नसकेपछि राजीनामा दिएका हुन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१