
काठमाडाैं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदको शपथ पुस ७ गते बिहीवार हुने भएको छ ।
संघीय संसद् सचिवालयले सोमवार एक सूचना प्रकाशित गरी शपथका लागि उपस्थित हुन सांसदहरूलाई आग्रह गरेको हो ।
बिहीवार दिउँसो १ बजेका लागि शपथको समय तय गरिएको संसद् सचिवालयका महासचिव डा. भरत गौतमले जानकारी दिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १० गतेसम्म प्रधानमन्त्रीको नाम सिफारिश गर्न दलहरूलाई आह्वान गरेकी छिन् ।
संसद् अधिवेशन भने आह्वान भएको छैन ।