
काठमाडाैं । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रति तोला रु आठ सयले उकालो लागेको छ ।
मंगलबार प्रति तोला रु एक लाख चार सयमा कारोबार भएको सुनको मूल्य आजका लागि प्रति तोला रु एक लाख एक हजार दुई सय तोकिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रति तोला रु एक लाख सात सय छ । यसको मूल्य अघिल्लो दिन रू ९९ हजार नौ सय थियो ।
त्यस्तै, चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रु २५ ले वृद्धि भई प्रति तोला रु एक हजार चार सय पुगेको महासङ्घले जनाएको छ ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ ।
हाल अन्तर्राष्ट्रिय बजारमा सुनको प्रति औंस एक हजार आठ सय १३ दशमलव चार अमेरिकन डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ ।