प्रतिताेला १२ सय घट्याे सुनकाे भाउ, कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडाैं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । तोलाको एक लाख १५ रुपैयाँसम्म पुगेको सुनको भाउ शुक्रबार भने घटेको हो ।

अघिल्लो कारोबार दिन प्रतितोला तीन सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला १२ सय रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख १५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख एक हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार चाँदी प्रतितोला १४ सय ५ रुपैयाँमा कारोबार भएको थियो। बिहीबारको तुलनामा आज चाँदी प्रतितोला १५ रुपैयाँ घटेको हो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१