
काठमाडाैं । मन्त्रालय भागबन्डा गर्न नयाँ बानेश्वरमा सत्ता गठबन्धनको बैठक बसेको छ ।
नवनियुक्त प्रधानमन्त्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतको उपस्थितिमा सत्ता गठबन्धनको बैठक बसेको हो ।
प्रधानमन्त्री प्रचण्डले आज अपरान्ह ४ बजे शपथ लिने कार्यक्रम छ । आजै सानो आकारमा मन्त्रिमण्डल गठन हुनेछ । सात दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका हुन् ।
सरकारमा कुन दलबाट कति मन्त्री भन्ने टुंगो गर्न सत्ता गठबन्धनको बैठक बसेको हो ।
बैठकमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई पनि सहभागी छन् ।
यस्तै रास्वपा सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत पनि सत्ता गठबन्धनको बैठकमा सहभागी छन् ।