रुसी हवाई शिविरमा खसालियो युक्रेनी ड्रोन, तीन जनाको मृत्यु

काठमाडाैं । रुसी हवाई सुरक्षा फौजले युक्रेनको एउटा ड्रोन दक्षिणी रुसको एक हवाई शिविरनजिक पुगेपछि रुसले खसालेको रुसी समाचार संस्थाहरूले सोमबार बताएका छन्।

उक्त घटनामा तीन जना रुसी प्राविधिकको मृत्यु भएको रुसले जनाएको छ।

यो महिना एङ्गेल्सको शिविरमा भएको यो दोस्रो आक्रमण हो। एङ्गेल्स, दक्षिणी सारातोभ क्षेत्रमा, युक्रेनबाट ६०० किलोमिटर (३७० माइल) भन्दा बढी दूरीमा अवस्थित छ।

‘डिसेम्बर २६ मा मस्को स्थानीय समयअनुसार १:३५ बजे सारातोभ क्षेत्रमा रहेको एङ्गेल्स सैन्य एयरफिल्डनजिक पुग्ने क्रममा युक्रेनी मानवरहित हवाई यानलाई कम उचाइमा गोली हानी खसालिएको थियो,’ रक्षा मन्त्रालयलाई उद्धृत गर्दै रुसी समाचार संस्था (तास) ले उल्लेख गरेको छ।

‘ड्रोनको भग्नावशेष खसेपछि हवाई क्षेत्रमा रहेका तीन जना रुसी प्राविधिक सैनिक गम्भीर घाइते भएका छन्,’ उनले भने। घाइते तीनै जनाको निधन भइसकेको छ।

डिसेम्बर ५ मा मस्कोले युक्रेनी ड्रोनले एङ्गेल्स आधारशिवर र रयाजान क्षेत्रमा रहेको अर्को शिविरमा विस्फोट गराएको बताएको थियो।

रक्षा मन्त्रालयले कुनै पनि विमानमा क्षति नपुगेको तासले जनाएको छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरी २४ मा युक्रेनविरुद्ध आक्रमण सुरु गरेका थिए।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१