महान्यायाधिवक्तामा डा. दिनमणि पोखरेल नियुक्त हुने

काठमाडौं । सरकारकाे कानुनी सल्लाहकार महान्यायाधिक्ता पदमा अधिवक्ता डा. दिनमणि पोखरेल नियुक्त हुने भएका छन् ।

उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महान्यायाधिवक्तामा सिफारिस गर्ने निर्णय गरेका हुन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट महान्यायाधिवक्ताको नियुक्ति हुने संवैधानिक व्यवस्था छ ।

पोखरेललाई आजै शितल निवासमा राष्ट्रपतिबाट शपथ ग्रहण गराउने तयारी छ ।

पोखरेलले यसअघि तत्कालीन सभामुख ओनसरी घर्तीको कानुन विज्ञको रुपमा काम गरेका थिए ।