
काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्रहरीले गर्ने नियमसम्मत काममा कुनै हस्तक्षेप नगर्ने बताएका छन् ।
शुक्रबार प्रहरी प्रधान कार्यालयको निरीक्षणमा पुगेका गृहमन्त्री लामिछानेले मन्त्रालय र आफ्नो तर्फबाट नियम, कानुन र विधिसम्मत रूपमा प्रहरीले गर्ने काममा कुनै हस्तक्षेप नगर्ने बताएका हुन् ।
उनले प्रहरीको सरुवा, बढुवा कानुन अनुसार हुने भन्दै सरुवा–बढुवाका लागि कुनै मन्त्री वा नेताको दैलोमा नधाउन प्रहरी अधिकारीहरूलाई आग्रह गरे ।
प्रहरीको तलब, रासन, भत्तालगायत अन्य सेवा सुविधामा पुनरावलोकन गर्न आफू तयार रहेको गृहमन्त्री लामिछानेको भनाइ छ ।