रवि लामिछानेले पिर्के सलामी युगको अन्त्य गरिदिए : हेमन्त सेढाई (भिडिओसहित)

काठमाडाैं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने यतिबेला चर्चामा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपप्रधान तथा गृह सम्हालेका मन्त्री लामिछानेले लिएकाे सलामी यतिबेला चर्चामा छ ।

अघिल्ला मन्त्रीजसरी सरकारी निवास सर्दा भुइँमा रातो पिर्का राखेर लिने गरिएको सलामी मन्त्री लामिछानेले अस्वीकार गरेका थिए ।

बिहीबार निजी निवासबाट हरिहरभवनस्थित सरकारी निवासमा सरेका मन्त्री लामिछानले सलामी लिए तर, विगतमा जसरी ‘पिर्का’ माथि उभिने परम्परा भने त्यागे ।

मन्त्री लामिछानेले स्वकीय सचिव प्रकाश सिग्देललाई पिर्का नराख्न निर्देशन दिएअनुसार नै सलामीमा ‘पिर्का’ नराखिएको हो ।

यसअघिका मन्त्रीहरुले भने रातो पिर्कामाथि उभिएर नेपाली सेनाको सलामी लिने गरेका थिए । सरकारी निवास प्रवेश गर्नुअघि मन्त्री लामिछानेले पूजापाठसमेत गरेका छन् ।

रवि लामिछानेले पिर्के सलामी लिने युगकाे अन्त्य गराइदिएको विश्लेषक हेमन्त सेढाई बताउँछन् । हुलाक सञ्चारसँगकाे कुराकानीका क्रममा सेढाईले भने ‘सलामी र गुलामी दुवैकाे अन्त्य गराइदिएका छन् रवि लामिछानेले ।’

हेर्नुहोस् भिडिओ :