परिवारसहित साउदी पुगे रोनाल्डो

काठमाडौं। फुटबलर क्रिस्टियानो रोनाल्डो साउदी पुगेका छन् । अल–नासर क्लबमा आवद्ध भएका उनी साउदी अरव पुगेका हुन् ।

साउदी समय अनुसार सोमबार राति ११ बजे परिवारसहित पुगेका थिए । अल–नासर क्लबले मंगलबार रोनाल्डोको लागि औपचारिक स्वागत समारोह राखेको छ ।

साउदी समय अनुसार साँझ ७ बजे मार्सूल पार्कमा दुई घण्टाको स्वागत समारोह आयोजना गरिएको छ । जहाँ उनले सम्झौतामा हस्ताक्षर गर्नेछन् र प्रशंसक र मिडियालाई सम्बोधन गर्नेछन् ।

रोनाल्डो वार्षिक २०० मिलियन यूरो पारिश्रमिक पाउनेगरी तीन वर्षका लागि क्लबमा अनुबन्ध हुने भएका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१