सम्मानजनक शक्ति बाँडफाँड भए सरकारमा जाने जसपाकाे निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले सम्मानजनक शक्ति बाँडफाँड भए सरकारमा जाने निर्णय गरेको छ ।

मंगलबार सकिएको राजनीतिक समितिको बैठकले सरकारमा जाने नजानेबारे निर्णय गरेकाे हाे ।

बहुसंख्यक नेताहरु सरकारमा जानुपर्ने पक्षमा उभिएपछि सम्मानजनक शक्ति बाँडफाँड र सरकारको नीति तथा कार्यक्रममा परिवर्तनका एजेण्डाहरु समावेश भए सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

नभए पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई बाहिरबाट समर्थन गर्ने निर्णय भएकाे छ ।

बैठकले विभिन्न दल तथा संगठनसँग एकता तथा गठबन्धनसम्बन्धी वार्ताका लागि राजेन्द्र श्रेष्ठको संयोजकत्वमा रकम चेम्जोङ र गोविन्द चौधरी सदस्य रहेको वार्ता समिति बनाएको छ ।

चुनावमा अन्तर्घात गर्ने संघीय परिषद् र केन्द्रीय सदस्यहरुबारे छानबिन गर्न शिवलाल थापाको नेतृत्वमा ५ सदस्यीय समिति बनाएको छ ।