
काठमाडाैं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मन्त्रालय फुटाएर बाँडफाँट गर्नेबारे कुनै छलफल नभएको बताएका छन् ।
बुधबार बालुवाटारमा बसेको गठबन्धनको बैठकपछि लामिछानेले यसबारे कुनै पनि छलफल नभएको बताएका हुन् ।
‘मन्त्रालय फुटाएर धेरै बनाउन लागेको खबर आएका छन् । ती कुरा कसरी आए, गठबन्धन वा कुनै दलमा छलफल भएको छैन,’ उनले भने।
यस बैठकमा न्यूनतम साझा कार्यक्रमको मस्यौदाबारे छलफल पनि भएको उनले बताए ।
मन्त्रालयहरू कुन दलले कुन लिने, लिएका मन्त्रालयका काम/कसरी प्रभावकारी बनाउन सकिएला भन्नेबारे पनि छलफल भएको उनले बताए।
यस्तै, मन्त्रिपरिषद् विस्तार भने विश्वासको मत लिएपछि मात्रै गर्ने सरकारको तयारी छ ।