
काठमाडौं । उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थोम्पसनले भेटघाट गरेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्रेष्ठसँग मैत्रीपूर्ण भेट भएको हो ।
भेटमा द्विपक्षीय हितका विषयमा र नेपाल र अमेरिकाबीचको ७५ वर्ष लामो मित्रताका बारेमा कुराकानी भएको छ ।
भेटमा राजदूत थोम्पसनलाई श्रेष्ठलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना पनि दिएका उपप्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।