११ हजार घुस लिई रोक्का रहेको जग्गा फुकुवा गरेको आरोपमा कम्प्युटर अपरेटर विरुद्ध मुद्दा दायर

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, पर्साका कम्प्युटर अपरेटर संजयप्रसाद यादवले ११ हजार रुपैयाँ घुस लिएको आरोपमा मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादवविरुद्ध मुद्धा दायर गरेको हो ।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाले असोज ३१ गते ५ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको दाबी छ ।

उनले रोक्का रहेको जग्गा फुकुवा गर्न सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग भदौमा ६ हजार रुपैयाँ घुस लिएका अख्तियारले जनाएको छ।

उनले ११ हजार घुस लिएको पुष्टि हुन आएकोले निजले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसूर भएको हुँदा यादवलाई ११ हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र बिगो बमोजिम जरिवानाको सजाय मागदावी लिई विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१