काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति व्यक्तिगत रुपमा आफु सकारात्मक रहेको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताएका छन् । सकरात्मक धारणा भएपनि विश्वासको मत दिने कि नदिने अझै निर्णय नगरेको बताएका छन् ।
सरकार कुन ढंगले अगाडि बढ्छ, त्यसअनुसार मात्र निर्णय लिने उनको भनाई छ ।
प्रचण्डले नियुक्त भएको १५ दिनपछि २६ पुसमा विश्वासको मत लिने छन् ।