विराटनगर प्लेअफमा प्रवेश, आजै फारवेष्ट र पोखरा खेल्दै

काठमाडौं । लिग चरणको अन्तिम खेलमा काठमाडौंलाई ७ विकेटले पराजित गर्दै विराटनगर सुपर किङ्स नेपाल टी-२० को प्लेअफमा पुगेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको काठमाडौंले १५५ रनको लक्ष्य पेस गरेको थियो । निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५४ रन बनाएको थियो । विराटनगरले तीन विकेटका क्षतीमा १६० रन बनाएर जित हासिल गरेको हो।

विराटनगरक कप्तान रोहित पौडेलले ४२ बलमा ६६ रनको अर्धशतकीय पारी खेल्दै रन आउट भए । उनले ५ चौका र ३ छक्का प्रहार गरे ।

ओपनर अर्जुन साउद ७ बलमा २ चौकासहित १० रनमा क्याच आउट भए । हुसेन तलात १२ बलमा २१ रन बनाउँदै अबिनास बोहोराको बलमा बोल्ड भए ।

त्यस्तै ओपनर गौरान्सु शर्माले ५१ रनको अर्धशतकीय पारीसहित अविजित रहे । पाँचौं ब्याटर विवेककुमार यादव २ बलमा १ चौका र १ छक्कासहित १० रनमा अविजित रहे ।

काठमाडौंका लागि अबिनास बोहोराले २ विकेट लिए ।

त्यसअघि, ब्याटिङ गरेको काठमाडौंका लागि ओपनर सन्तोष कार्की र एलेक्स ब्लेकले समान ३४र३४ रन बनाए । यो नै काठमाडौंका लागि सर्वाधिक रन भयो ।

यो जितसँगै विराटनगर प्लेअफ पुग्ने तेस्रो टिम बनेको छ ।

काठमाडौं भने आजै हुने दोस्रो खेलमा पोखरा फारवेष्टसँग पराजित भएको खण्डमा मात्र प्लेअफ पुग्ने सम्भावना रहन्छ ।

आज दोस्रो खेल फारवेष्ट युनाइटेड र पोखरा एभेन्जर्सबीच हुनेछ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१