सङ्कटाले जित्यो आहा रारा पोखरा गोल्डकपको उपाधि

कास्की । २२औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता २०७९ को उपाधि सङ्कटा फुटबल क्लबले जितेको छ ।

शनिबार पोखरा रंगशालामा भएको निकै रोमाञ्चक फाइनल खेलमा सङ्कटाले भुटनीज युथमाथि ३-२ गोल अन्तरले जित निकालेको हो ।

खेल निर्धारित समय २-२ गोलको बराबरीमा सकिएको थियो । अतिरक्त समयमा सङ्कटाले गोल गर्दै खेलमा बाजी मारेकाे हाे ।

खेलको सुरुवातमै २-० गोलको अग्रता बनाएको सङ्कटाले पहिलो हाफमै उक्त अग्रता जोगाउन सकेन । खेलको ८औँ मिनेटमा सुरजज्यु ठकुरीले सङ्कटालाई अग्रता दिलाएका थिए ।

खेलको ३५औँ मिनेटमा मेसुके ओलाेमाेउले संकटाकाे अग्रता दाेब्बर बनाए ।

२-० गोलले पछि परेको खेलमा ३७औँ मिनेटमा भुटनिज युथका मिनेटमा रिनी सान्तिलाेनले गोल गरेपछि खेल २-१ गोलको स्थितमा आएको थियो ।

यस्तै, इन्जुरी समयमा विल ग्रिफिथले भुटनिज युथलाई २-२ काे बराबरीमा ल्याए ।

त्यसपछि दोस्रो हाफमा कुनै टोलीबाट थप गोल नहुँदा खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

अतिरिक्त समयमा धकेलिएको खेलमा ११७ औँ मिनेटमा कप्तान सुनिल बलले गोल गर्दै सङ्कटालाई ३-२ काे राेमाञ्चक जित दिलाए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१