• २०८३ असार २०
  • 2026 July 04, Saturday

भक्तपुरको एक घरमा बिस्फोट

काठमाडौं । भक्तपुरको एक घरमा ग्यास सिलिण्डर बिस्फोट भएको छ। सोमबार बिहान सूर्यविनायक नगरपालिका वडा नम्बर ३ काठमाडौं ल कलेज पछाडि रहेको एक घरमा बिस्फोट भएको हो।

बिहान करिब पौने ७ बजेतिर एक्कासी बिस्फोट हुँदा घरमा क्षति पुगेको छ।

झापा घर भई दधिकोट बस्ने रामप्रसाद थपलियाको घरमा विस्फोट भएको हो।

साढे २ तला घरको भुई तलामा रहेको भान्सामा बिस्फोट भएको हो। घरको पर्खाल भत्किएको छ। पार्किङमा राखिएको कारको सीसा र छिमेकीको घरको झ्यालका सीसा पनि फुटेका छन्।

भक्तपुर जिल्ला परिसरका डिएसपी राजु पाण्डेका अनुसार ग्यास सिलिण्डरको ग्यास चुहिएर बिस्फोट भएको अनुमान छ।

बिस्फोटमा थपलियाकी श्रीमती सामान्य घाइते भएकी छन्। उनको मध्यपुर ठिमी अस्पतालमा उपचार भइरहेको छ।

उनीसँग सोधपुछ गर्दा कोठामा रहेको ग्यास नै बिस्फोट भएको डिएसपी पाण्डेले बताए।