• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

भारतमा बस दुर्घटनामा परि ज्यान गुमाउने तीन नेपालीको सनाखत

काठमाडौं । भारतमा बस दुर्घटनामा ज्यान गुमाएका ३ नेपालीको परिचय खुलेको छ । शनिवार राति लखनउ नजिक भएको बस दुर्घटनामा चार जनाको मृत्यु भएको थियो । जसमा तिन नेपाली थिए । उनीहरुको सनाखत भएको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख देवेन्द्रबहादुर पालले बताए ।

टीकापुर नगरपालिका १ नयाँबस्तीका चन्द्रबहादुर साउद, ज्योतिनगरका ललित साउद र निर्मला बोहोराको ज्यान गएको हो ।

दुर्घटनामा सात जना नेपाली घाइते भएका प्रहरी प्रमुख पालले जानकारी दिएका छन् ।

 

 

यो पनि पढ्नुहोस् ।

http://localhost/khojiniti/2023/01/09/04/25683/