
काठमाडौं । भारतमा बस दुर्घटनामा ज्यान गुमाएका ३ नेपालीको परिचय खुलेको छ । शनिवार राति लखनउ नजिक भएको बस दुर्घटनामा चार जनाको मृत्यु भएको थियो । जसमा तिन नेपाली थिए । उनीहरुको सनाखत भएको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख देवेन्द्रबहादुर पालले बताए ।
टीकापुर नगरपालिका १ नयाँबस्तीका चन्द्रबहादुर साउद, ज्योतिनगरका ललित साउद र निर्मला बोहोराको ज्यान गएको हो ।
दुर्घटनामा सात जना नेपाली घाइते भएका प्रहरी प्रमुख पालले जानकारी दिएका छन् ।
यो पनि पढ्नुहोस् ।