‘साउन्ड सिस्टम’मा चुकेकाे संसद लाइभ

काठमाडाैं । संघीय संसद सचिवालयले प्रतिनिधिसभा बैठक युट्युबमार्फत् लाइभ गर्ने गरेकाे छ । तर युट्युबमार्फत गरिएकाे लाइभमा साउन्ड सिस्टम भने निकै झुर देखिन्छ ।

लाइभमा सानाे आवाज आउने र बाेलेकाे नबुझिने समस्या देखिएकाे छ ।

यसअघिका वर्षमा पनि याे समस्या देखिने गरेकाे थियाे । तर नयाँ संसदमा याे समस्या समाधान हुनेमा आशा रहेपनि अपेक्षा अनुसारकाे काम भएकाे छैन ।

संसद सचिवालयले अन्य तयारी राम्राे गरेकाे देखिए पनि लाइभमा आउने साउन्डमा भने ध्यान दिएकाे देखिँदैन ।

संसदकाे पहिलाे दिनकाे बैठक लाइभमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाकाे आवाज बुझ्नै नसकिने थियाे । प्रचण्डलगायतका नेताहरुकाे आवाज पनि निकै सानाे सुनिएकाे थियाे ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१