
कास्की । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) का सांसद खगराज अधिकारी नियुक्त भएका छन् ।
गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरूङले अधिकारीलाई सोमबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
एमाले, माओवादी केन्द्र, राप्रपा र एकीकृत समाजवादीमा प्रवेश गरेका दीपक मनाङेसहित ३३ जनाको समर्थनमा अधिकारीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।
दीपक मनाङे गएको मंसिर १९ गते माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी प्रवेश गरेका थिए ।
एकीकृत समाजवादी संघीय संसदको पहिलो बैठकमा विपक्षी बेञ्चमा बस्दा मनाङले भने एमालेलाई साथ दिने निर्णय गरेका हुन् ।
यसअघि माओवादीले पनि यहाँ मुख्यमन्त्री दाबी गरेको थियो । माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले पहिलो पालोमा आफैँ मुख्यमन्त्री हुनुपर्ने अडान राखेका थिए ।
तर, केन्द्रीय निर्णय कार्यान्वयन गर्नू भन्ने निर्देशनपछि उनले दोस्रो बरियताको मन्त्रीमा चित्त बुझाउने देखिएको छ ।