देउवाले ध्यानाकर्षण गराएपछि ओलीकाे प्रश्न : ५८ सालमा संसद विघटन कसले गरेकाे ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच संसदमा जुहारी चलेको छ ।

विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि भएको छलफलमा कांग्रेस सभापति देउवाले प्रतिनिधिसभा विघटन गर्न सकिने ओलीको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको बताएका थिए ।

अहिले संविधानको रक्षा नै चुनौती बनेको उनकाे भनाइ थियाे ।

त्यसपछि सम्बोधन गरेका ओलीले देउवालाई मौका अनुसार व्याख्या नगर्न आग्रह गरे ।

‘माननीय शेरबहादुर देउवाले ०५८ साल असारमा संसद विघटन गरेर मध्यावधि गरेर आश्विन १८ र माघ १९ पुगेको होइन ?’ उनले भने, ‘मेरा मित्रलाई म सोध्न चाहन्छु, यहाँले होइन संसद विघटन गरेको ?

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विरोध गर्नु कुनै औचित्य नभएको पनि बताए ।

उनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कांग्रेसको निर्णयको स्वागत पनि गरे ।

उनले भने,’दुई वर्षपछि भोट हाल्छु भनेकै थियो । अहिले हाल्दा के भयो र ? कांग्रेसको राम्रो निर्णय हो। स्वागत मात्रै गर्दिन । धन्यवाद पनि दिन्छु ।’

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१