यी हुन् प्रचण्डलाई विश्वासको मत दिने बैठकमा अनुपस्थित भएका सांसद

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्दा २७० सांसद मतदानमा सहभागी भएका थिए ।

जसमध्ये २६८ सांसदले प्रचण्डलाई विश्वासको मत दिए भने २ जना सांसदले विपक्षमा मत दिए।

विपक्षमा मत दिनेमा नेमकिपाका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी छन् ।

२७५ सदस्यीय संसदमा ५ सांसदले मतदान गरेनन् । मतदानमा सहभागी नहुने पाँचमध्ये एक ज्येष्ठ सदस्य पशुपति शमसेर जबरा हुन् ।

उनी ज्येष्ठ सदस्यको हैसियतले बैठकको अध्यक्षता गरिरहेका थिए ।

कांग्रेसका सांसद टेकबहादुर गुरूङ भ्रष्टाचार मुद्दामा निलम्बनमा परेका कारण बैठकमा सहभागी हुन पाएनन् ।

मतदानमा उपस्थित नहुने तीन सांसदमा मनोरमा शेरचन, किशोरसिंह राठोर, अम्बिका बस्नेत छन्। उनीहरू सबै कांग्रेसका सांसद हुन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१