फेरि सुरू भयो लोडसेडिङ, औद्योगिक क्षेत्रमा दिनकै ९ घण्टा विद्युत कटौती

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणले ओद्योगिक क्षेत्रमा नौ घण्टासम्म लोडसेडिङ गरेको उद्योगीहरूले गुनासो गरेका छन् ।

भारतबाट आयात हुने विद्युत कटौती भएपछि त्यसको व्यवस्थापन गर्न नसक्दा प्राधिकरणले देशभरका औद्योगिक क्षेत्रमा बत्ती कटौती गरेको छ ।

नेपाल विद्युत प्राधिकरणका प्रवक्ता शुरेबहादुर भट्टराईले बिहान करिब ५ घण्टा र साँझ ४ घण्टा विद्युत कटौती भएको स्वीकार गरेका छन् । उनले अहिले उद्योगहरूमा मात्रै विद्युत कटौती गरिएको र साना उद्योहरूको कटौती नगरेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा अर्घखाँची सिमेन्टका सञ्चालक पशुपति मुरारकाले उद्योगले केही सुधार आएको अवस्थामा लोडसेडिङ गरेर समस्यामा परेको गुनासो गरेका छन् ।

हाल भारतबाट आयात हुने १०० मेगावाटभन्दा बढी विद्युत कटौती भएका कारण पिक आवरमा कटौती गर्नु परेको प्राधिकरणले जनाएको छ । आन्तरिक उत्पादनले नपुगेका कारण करिब २५ प्रतिशत आयात गरेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१