• २०८३ असार २०
  • 2026 July 04, Saturday

मैलै परिवार बाहेक केही सोेच्न सकेको छैन : सन्दीप

काठमाडौं । नाबालिगमाथि बलात्कार आरोपित सन्दीप लामिछाने २० लाख धरौटी तिरेर थुनामुक्त भएका छन्। उनले थुनामुक्तसंगै सञ्चारकर्मीसंग प्रतिक्रिया दिँदै आफ्ले परिवार बाहेक अहिले केही नसोचेको बताएका छन् । थुनामुक्त भएपछि केही समय परिवारसंगै रहने र पुन क्रिकेटमै फर्कने बताएका छन् ।

बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालले उनलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएका थिए।

यो मुद्दाको किनारा भने लागिसकेको छैन।

अहिले राष्ट्रिय क्रिकेट टिमबाट सन्दीप निलम्बनमा छन्। बलात्कारको आरोप लागेपछि नेपाल क्रिकेट संघ ९क्यान० ले उनलाई राष्ट्रिय टिमबाट निलम्बन गरेको थियो।

सन्दीपमाथि लगाइएको निलम्बन फुकुवा गरेर राष्ट्रिय टिममा फर्काउन मिल्ने वा नमिल्ने विषयमा क्यानले कानुन व्यवसायीसँग छलफल गर्ने भएको छ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दका अनुसार यो विषयमा क्यानले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) सँग पनि सुझाव माग्नेछ।

त्यसपछि मात्र क्यानले निर्णय गर्ने क्यान अध्यक्ष चतुरबहादुर चन्दको भनाइ छ।