
काठमाडौं । नेपालका लागि जनवादी गणतन्त्र चीनका आवासीय राजदूत छन सोङले ओहोदाको प्रमाणपत्र बुझाएका छन् । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र बुझाएका हुन्।
सोङले एक समारोहबीच प्रमाणपत्र बुझाएका हुन् । गत साता आफ्नो जिम्मेवारी पूरा गर्नका लागि सोङ नेपाल आएका थिए ।
राजदूत सोङ एसिया मामिलाका विज्ञका रूपमा चिनिन्छन्।