• २०८३ असार २०
  • 2026 July 04, Saturday

परराष्ट्र मामिला एकद्वार प्रणालीबाट सञ्चालन गर्न विज्ञको सुझाव

काठमाडौँ । नेपालको भूराजनीति इतिहासमै सबैभन्दा सङ्गीन र जटिल मोडमा पुगेको विज्ञहरुले बताएका छन् । नेपाल बुद्दिजीवि परिषद, राष्ट्रिय सुरक्षा एवं वैदेशिक सम्बन्ध अध्ययन केन्द्रले आयोजना गरेको “विश्वराजनीति र नेपाल” बिषयक अन्तर–संवाद कार्यक्रममा बोल्दै विज्ञहरुले सो कुरा बताएका हुन् ।

कार्यक्रममा विषयवस्तु माथि प्रस्तुती दिँदै राजनीतिक विश्लेषक डा. राजेन्द्र चापागाईले नेपालको सामरिक महत्व इतिहासमै सर्वाधिक वढेको हुँदा नेपालको परराष्ट्र नीतिमा समेत पुनरावलोकन हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल–भारत सम्बन्ध, नेपाल–चिन सम्वन्ध, नेपाल–अमेरिका सम्बन्ध र नेपालको भूराजनीतिक जटिलताको बिषयमा गम्भीर छलफल भएको भएको थियो ।

कार्यक्रममा नेकपा (एमाले) का परराष्ट्र मामिला विभाग उप–प्रमुख कृष्ण बहादुर केसीले विश्व मामिलामा र नेपालको बदलिएको राजनीतिक समीकरणबारे बोल्नु भएको थियो ।

नेपाल बुद्दिजीवी परिषदका उपाध्यक्ष बिधान आचार्य, डा. दीपेन्द्र भण्डारी, महासचिव गजेन्द्र थपलिया, उप–महासचिव सुशील विके, देवेन्द्र ढुंगाना, श्रषि उपाध्याय, भुमिदत्त पौडेल, भावना भट्ट, रचना शाही, पूर्णचन्द्र भुषाल, पाइलट मेल्सम ओझा, प्रकाश बिष्ट, बिन्देश दाहाल लगायतका बुद्दिजीवीहरुले उक्त कार्यक्रममा आ–आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रमको संचालन अध्ययन केन्द्रका सह–संयोजक हरि प्रकाश चन्द (अग्निपुंज) ले गर्नुभएको थियो ।