• २०८३ जेठ २२
  • 2026 June 05, Friday

सर्लाहीमा स्रोत नखुलेको रकमसहित चारजना पक्राउ

  • २०७९ पुस ३०, शनिबार ०६:५२

काठमाडौं । सर्लाहीको छुट्टाछुट्टै स्थानबाट स्रोत नखुलेको रकमसहित चार जनालाई प्रहरी नियन्त्रणमा लिएको छ ।

सर्लाहीको गोडैता नगरपालिका–१२, लक्ष्मीचोकबाट स्रोत नखुलेको रु १० लाख ४५ हजार नोटसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गस्तीमा खटेको प्रहरी टोलीले शुक्रबार साँझ बागमती प्रदेश ०१–०२५ च १७९४ नम्बरको कार जाँच गर्ने क्रममा उक्त रकम फेला परेपछि कार चालक काठमाडौं बागेश्वरी मनोहरा नपा–८ बस्ने वर्ष ३२ को पहलाद चापागाईं, सोही कारमा सवार मनोहरा–२ बस्ने  वर्ष २७ को सनम बस्नेत र मनोहरा–८ बस्ने ३६ वर्षीय शिव चापागाईलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।

त्यस्तै प्रहरीले मलङ्गवा–२ नेपाल विद्युत् प्राधिकरण कार्यालय अगाडिबाट रु दुई लाखसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत जिल्ला सीतामढी ग्राम पञ्चायत मढिया–३, तिलहंगी बस्ने जयलाल महतोको छोरा १९ वर्षीय राहुल रहेको प्रहरीले जनाएको छ । महतो नगदसहित साइकलबाट आउँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

  • २०७९ पुस ३०, शनिबार ०६:५२