
काठमाडौं । काठमाडौबाट पोखरा जाँदै गरेको यती एअरको विमान पोखरामा दुर्घटनामा भएको छ । जसमा ६८ जना यात्रु र चालक दलका चार जना सदस्य थिए ।
जसमध्ये ३२ जनाको शव निकालिएको छ ।
उद्धार कार्यमा खटिएका सुरक्षा स्रोतकाअनुसार ११ बजेर ३० मिनेट जाँदासम्म दुर्घटना स्थलबाट ३२ जनाको शव निकालिएको हो ।
पुुरानो विमानस्थलको पछाडिपट्टि रहको सेती नदी दोभानमा जहाज खसेको थियो ।