
काठमाडौं । पोखरामा भएको जहाज दुर्घटनाप्रति अमेरिका र चीन दूतावासले दु:ख व्यक्त गरेका छन्।
काठमाडौंस्थित अमेरिका र चीनका राजदूतावासले सामाजिक सञ्जालमार्फत् दु:ख व्यक्त गरेका हुन्।
अमेरिकी दूतावासले जहाज दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति समवेदना व्यक्त गरेको छ।
नेपालका लागि चिनियाँ राजदूत छन सोङले दुर्घटनाको खबरले स्तब्ध भएको उल्लेख गरेका छन्।