• २०८३ असार २०
  • 2026 July 04, Saturday

पोखरा विमान दुर्घटना : गोताखोर टोली परिचालन

काठमाडौं । पोखरामा भएको यती एयरको विमान दुर्घटनास्थलमा खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन गरिएको छ ।

सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोर र रोप रेस्क्यु गरी १५ जनाको टोली पोखरा पठाएको सशस्त्र प्रहरीले जनाएको छ ।

आइतबार विहान पोखराको सेती खोँचमा यती एयरलाइन्सको विमान दुर्घटना भएको थियो । जसमा चालक दलका ४ सदस्यसहित ७२ जना सवार थिए ।

हालसम्म ६९ जनाको शव भेटिएको छ भने अन्यको अवस्था अज्ञात छ । उनीहरुको खोजीका लागि सशस्त्र प्रहरी बलको गोताखोरको टोली परिचालन गरिएको हो ।