• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

यती एयरलाइन्सकाे साेमबार हुने सबै उडान रद्द

काठमाडाैं । आइतबार पोखरामा एटिआर जहाज दुर्घटनामा परेपछि यती एयरलाइन्सले भोलि (सोमबार) हुने भनिएका सबै उडान रद्द गरेको छ।

आइतबार साँझ एक सूचना जारी गर्दै एयरलाइन्सले भोलि हुने सबै नियमित उडान रद्द गरेको जानकारी दिएको हो।

भोलि आपतकालीन र उद्धारका उडान भने हुने एयरलाइन्सले जनाएको छ।

पोखरामा भएको दुर्घटनामा परी अहिलेसम्म ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ । जहाजमा ४ चालक दलका सदस्य र ६८ यात्रु सवार थिए।

अहिले पनि घटनास्थलबाट शव निकाल्ने काम भइरहेको छ ।