• २०८३ असार २०
  • 2026 July 04, Saturday

पोखरा विमान दुर्घटना : सेती खोँचमा ब्ल्याक बक्स फेला

काठमाडौं । पोखराको सेती नदी खोँचमा दुर्घटना भएको यती एअरलाइन्सको विमानको भग्नावशेषमा ब्ल्याक बक्स भेटिएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताएका छन्।

ब्ल्याक बक्स सुरक्षित रूपमै भेटिएको छ। विमानको पछिल्लो भाग हिजो भेटिएको थिएन, आज त्यो भेटिएको विविशीले जनाएको छ ।

ब्ल्याक बक्सको माध्यमबाट जहाज किन दुर्घटना भएको भन्ने आधार पत्ता लगाउन सकिन्छ ।