• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

विमान दुर्घटना : चालक दलका सदस्यसहित पहिचान नखुलेका शव काठमाडौं ल्याइने

काठमाडौं । आइतबार पोखरामा भएको विमान दुर्घटनामा मृत्यु पुष्टि भएकामध्ये चालक दलका सदस्य, विदेशी नागरिक र पहिचान नखुलेका शवहरु काठमाडौं ल्याइने भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले चालक दलका सदस्य र विदेशी नागरिक र पहिचान नखुलेका शवहरु पहिचान परीक्षणका लागि काठमाडौं लगिने जनाएको हो ।

प्रतिष्ठानका निर्देशक प्रा.डा.भरतबहादुर खत्रीले शव पहिचानको प्रक्रिया सुरु भइसकेको बताए । उनले शव व्यवस्थापन कार्य भइरहेकाले सो कार्य सम्पन्न नभएसम्म धैर्य गर्न आफन्तलाई अनुरोध गरेका छन्।

विमान दुर्घटनामा १५ जना विदेशी नागरिकको मृत्यु भएको छ।

आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान पोखरा विमानस्थल अवतरणका क्रममा सेतीको खोँचमा दुर्घटना भएको थियो।

विमानमा चालक दलका ४ सदस्यसहित ६८ जना यात्रु सवार थिए। हालसम्म ६९ जनाको शव भेटिएको छ भने ३ जनाको अवस्था अज्ञात छ। उद्दार कार्य जारी रहेको प्रहरीले जनाएको छ।