
काठमाडाैं । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपाली कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई मुटुबाटै चाहेर मत दिएको भए सभामुखका एमाले उम्मेदवारलाई पनि मत दिनुपर्ने बताएका छन् ।
बिहीवार प्रतिनिधिसभामा सभामुख निर्वाचन प्रक्रियाको छलफलमा भाग लिँदै योगेशले सभामुखमा कांग्रेसले घिमिरेलाई मत दिनुपर्ने बताएका हुन् ।
‘आज बिहान मैले प्रमोद खरेलको माया गर्ने मुटुले हो निदारले होइन भन्ने गीत सुनेको थिएँ । यदि कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत मुटुले दिएको हो भने देवराजले पनि पाउनु पर्छ,’ भट्टराईले भने, ‘शीर्ष भागमा बस्नुभएका परिपक्व नेताहरूले राष्ट्रिय सहमतिको गीत गाइरहनुभएकाले माया मुटुले नै गर्न खोजेको होला भन्ने विश्वास लिन्छु ।’
प्रतिनिधिसभाको सभामुखका लागि एमालेका देवराज घिमिरे र कांग्रेसकी ईश्वरी न्यौपाने उम्मेदवार छन् ।