• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

उपसभामुख निर्वाचन माघ ७ गते हुने

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख निर्वाचन आगामी माघ ७ गते हुने भएको छ ।

संसदका जेष्ठ सदस्यको रुपमा सभाध्यक्ष पशुपतिशमशेर राणाले उपसभामुखको निर्वाचन गर्न मिति तोकेका हुन् ।

उपसभामुखको निर्वाचन तालिका आजै प्रकाशित गर्न संसद सचिवालयलाई निर्देशन दिएको छ ।