काठमाडौं । अघिल्लो सरकारले छिमेक सम्बन्धलाई कृतिम रुपले तनावग्रस्त बनाएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।
एमालेको परराष्ट्र मामिला विभागले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले अघिल्लो सरकारले छिमक सम्बन्धलाई अनावश्यक ढंगले तरंगित र असन्तुलित बनाएको बताए ।
नयाँ सरकारले आन्तरिक अवस्था र नीति अनुुकुल बाह्य सम्बन्ध अगाडि बढाउने उनले बताए ।
राष्ट्र एकजुट भएर देशका निम्ति अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गर्नुपर्नेमा देशभित्र तनाव बढाउने, बाह्य शक्तिसँग साँठगााँठ गर्ने काम गरेको उनको आरोप छ ।