काठमाडौं । नेपाली कांग्रेसले उपसभामुखमा समानुपातिक सांसद मुक्ताकुमारी यादवलाई उम्मेदवार बनाउने भएको छ ।
शुक्रबार बिहान पार्टी सभापति शेरबहादुर देउवानिवास धुम्बाराहीमा बसेको पदाधिकारीसहित शीर्ष नेताहरूको बैठकले सांसद यादवलाई उपसभामुखमा उठाउने निर्णय गरेको हो ।
कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी यादव समानुपातिक सांसद हुन् । सत्तागठबन्धनले राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगरलाई उपसभामुखमा उठाउँदै छ ।