• २०८३ असार ९
  • 2026 June 23, Tuesday

उपसभामुखमाको निर्वाचन आज, दुईजनाको उम्मेदवारी

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा दुईजनाको उम्मेदवारी परेको छ । सत्तागठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना र विपक्षी गठबन्धनबाट कांग्रेसकी मुक्ताकुमारी यादवले शुक्रबार मनोनयन दर्ता गराएका हुन् ।

उपसभामुखको निर्वाचनका लागि शनिबार दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दै छ । उपसभामुख पदको निर्वाचन मत विभाजनबाटै हुने संसद् सचिवालयले जनाएको छ । दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा उपसभामुख चुन्न बहुमत अर्थात् एक सय ३८ संख्या आवश्यक पर्छ ।

अर्जुनधारा– ८ निवासी समानुपातिकतर्फबाट निर्वाचित रानालाई एमालेका ७९, माओवादी केन्द्रका ३२, रास्वपा २०, राप्रपा १४, जसपाको १२, जनमत पार्टी ६ सांसदको समर्थन निश्चित छ । सहिदनगर– १ धनुषानिवासी समानुपातिक सांसद यादवलाई कांग्रेसका ८८, एकीकृत समाजवादीको १०, लोसपाका चार र जनमोर्चाका एक सांसदको समर्थन पक्का छ ।

एक सिट भएको नेमकिपाले कसलाई मत दिने भन्ने तय गरिसकेको छैन । सभामुखमा सत्तापक्षलाई समर्थन गरेका स्वतन्त्र तीनजना सांसदले पनि उपसभामुखको मतबारे टुंगो गरिसकेका छैनन् ।