• २०८३ असार ९
  • 2026 June 23, Tuesday

मिडियाको हेडलाईन बदल्न सक्दिन तर जनताको लाइफलाईन बदल्न मेहनत गर्दैछु : गृहमन्त्री लामिछाने

काठमाडौं ।उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पुराना ‘फरार’हरू समातिने फेसबुक मार्फत बताएका छन् । शनिबार सामाजिक सञ्जाल मार्फत उनले यस्तो बताएका हुन् ।

उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘पुराना “फरार”हरु समातिन्छन् मात्र होइन धेरै नयाँहरु फरार हुन नपाउन् भन्ने कुराको हेक्का छ । हिजो बोलेका शब्द शब्दको हेक्का छ, भोट माग्दा गरेका वाचाहरुको हेक्का छ।मिडियाको हेडलाईन म बदल्न सक्दिन तर जनताको लाइफलाईन बदल्न मेहनत गर्दैछु । धुलो धेरै छ, पुरानो छ.. थोरै पर्खिनु चाहिँ पर्छ!!’

यसअघि हत्या मुद्दामा फरार एमाले सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न दिइएको मौखिक निर्देशन प्रहरीले अटेर गरेपछि गृह मन्त्रालयले शुक्रबार प्रहरी प्रधान कार्यालयलाई लिखित निर्देशन दिएको छ ।