• २०८३ असार ९
  • 2026 June 23, Tuesday

कुतर्क गर्नेलाई संसद भवनमा कोचिङ क्लासको व्यवस्था गर्नुपर्छ : मेटमणी चौधरी

काठमाडौं । नेकपा एकिकृत समाजवादी (एस) का नेता मेटमणी चौधरीले उपसभामुखमा मुक्ताकुमारी यादवलाई मतदान गर्न आग्रह गरेका छन् ।

शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रस्तावक समेत रहेका उनले मत दिन सांसदहरुलाई आग्रह गरेका छन् । कांगे्रसको १४ औ महाधिवेशनमा सबैभन्दा धेरै मत प्राप्त गरेको बताए् । मुक्ताकुमारी बाल्यकालदेखि राजनितीमा लागेका र समावेशिताको आधारमा पनि हकदार रहेको बताएका छन् ।

उनले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संकेत गदैं कुतर्क गर्नेलाई कोचिङ क्लासको व्यवस्था गर्नुपर्ने बताएका छन् । पुर्वप्रधानमन्त्रीले जे पनि गर्न सक्ने भन्दै त्यस्ता मानिसलाई कार्यविधी, नितीनियम सिकाउनु पर्ने उल्लेख गरे ।