• २०८३ असार ९
  • 2026 June 23, Tuesday

एमाले त्यागेकी छैन, म फर्किन्छु : गंगा थारु

काठमाडौं । नेकपा एमालेले कारबाही गरेकी केन्द्रीय सदस्य गङ्गा थारुले आफूले पार्टी त्याग नगरेको दाबी गरेकी छन्। शनिबार प्रेस चौतारी नेपाल कैलालीको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन्।

उनले आफूलाई नेकपा एमालेले केन्द्रीय कमिटीबाट कारबाही गरेर निकालेको बताउँदै आफूले पार्टी नछाडेको दाबी गरिन्।

यस्तै आफू ८ कक्षामा पढ्दादेखि एमालेमा लागेको र अब फेरि एमालेमै सक्रिय बन्ने उनको भनाइ छ। यसअघि प्रतिनिधि सभा निर्वाचनका बेला उनी एमाले त्यागेको भन्दै स्वतन्त्र उम्मेदवार बनेर चुनाव लडेकी थिइन्। तर निर्वाचित हुन सकिनन्।