काठमाडौं । सभामुख र उपसभामुख निर्वाचनमा पराजित भएको संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले केपी ओलीबाट संविधानमाथि खतरा रहेकाले प्रधानमन्त्री प्रचण्डको परीक्षा राष्ट्रपति चुनावमा हुने टिप्पणी गरेको छ ।
उपसभामुख निर्वाचनपछि संसदबाट बाहिरिने क्रममा कांग्रेस प्रवक्ता समेत रहेका सांसद डा। प्रकाशशरण महतले केपी ओलीको समर्थन भइरहेका उम्मेदवारको विजयले संविधानमाथि खतरा बढेको बताए ।
उनले अन्य दलहरूले पनि सत्ता स्वार्थमा केपी ओलीसामु मुण्टो लुकाएर बसेको आरोप लगाए ।