काठमाडौँ । नेपाली कांग्रेसका सांसद् प्रदीप पौडेलले राष्ट्रपतिको निर्वाचनमा फरक परिणाम आउन सक्ने बताएका छन् ।
प्रतिनिधिसभाको शनिबारको बैठकपछि बाहिरिनेक्रममा सांसद् पौडेलले सभामुख र उपसभामुखमा विपक्षी दलहरूको गठबन्धनका उम्मेदवार पराजित भएपनि राष्ट्रपतिको निर्वाचनको परिणाम भने फरक आउन सक्ने बताए ।
‘सभामुख र उपसभामुखको निर्वाचन सकिएको छ । तर राष्ट्रपतिको निर्वाचन आउन नै अझै समय रहेकाले फरक परिणाम आउन सक्ने उनले बताएका छन् ।