
काठमाडौं । महिला अधिकारकर्मी रुबी खान पक्राउ गरेको छ । रुबी खान सहित अन्य अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको छ ।
बाँकेकी निर्मला कुर्मी र नकुन्नी धोवीलाई न्यायको माग गर्दै आन्दोलनमा रहेका उनीहरुलाई बबरमहलबाट प्रकाउ गरिएको हो ।
अधिकारकर्मीको टोली बबरमहलस्थित जिल्ला अदालत अगाडिको बाटो हुँदै सिंहदरबारतर्फ अघि बढेका बेला पक्राउ परेको हो ।
उनीहरुले निर्मलालाई बेपत्ता पारेको घटनाको अनुसन्धान गर्न र आरोपित बादशाह कुर्मीलाई पक्राउ गर्न माग गर्दै आएका छन् ।