• २०८३ जेठ २४
  • 2026 June 07, Sunday

दरम खोला हाइड्रो पावरले आईपीओ जारी गर्ने

काठमाडौं । बाग्लुङ्गको गलकोट नगरपालिका वडा नंं ११ मा निर्माणाधीन ९.६ मेगावाट क्षमताकोे दरम खोला हाइड्रो इनर्जी लिमिटेडले साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। जिल्लामा रहेको दरमखोला हाइड्रो इनर्जी लिमिटेडले ३९ करोड ५० लाख रुपैयाँको साधारण शेयर आईपीओ निष्काशन गर्ने भएको हो ।

आईपीओ निष्काशनका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ। उक्त कम्पनीले सर्वसाधारणमा बिक्री गरिने रु.१०० अंकित दरका रु. ३९ करोड ५० लाख रकम बराबरको ३९ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्ध गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ।

सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र दरम खोला हाइड्रोको तर्फबाट अध्यक्ष नर बहादुर पुन (निरज) ले हस्ताक्षर गरेका छन्।

९.६ मेगावाट क्षमताकोे जलविद्युत आयोजनाको निर्माणाधिन ८० प्रतिशत कार्य सम्पन्न भईसकेको छ।

विदेशमा दुःख गरि आर्जेको पैशा आफु जन्मेको ठाउँमा नै लगानि गर्नुपर्छ भन्दै जनताको पानि जनताकै लगानि भन्ने मुल नाराका साथ उक्त परियोजनामा सबै भन्दा धेरै लगानी जापानमा कर्मथलो बनाई बिभिन्न पेशा तथा ब्यबसाय गर्ने व्यक्तीहरु नै भएको जानकारी यस दरमखोला हाईडो् पावरका लगानि कर्ता तथा हालका संचालक भोजेन्द् सुवेदिले जानाकारि गराउनु भयो।