• २०८३ असार १०
  • 2026 June 24, Wednesday

अब्दुल खान आज खानेपानी मन्त्रालयको पदभार ग्रहण गर्ने

काठमाडौं । जनमत पार्टीका नेता अब्दुल खानले बुधबार पदचार ग्रहण गर्ने भएका छन् । खानेपानी मन्त्रालयमा नजाने अडान लिईरहेका खान ८ दिनपछि मन्त्रालय समहाल्न सहमत भएका हुन् ।

उनले आज दिउँसो पदभार ग्रहण गर्ने बताएका छन् । ११ पुसमा जनमत पार्टीबाट मन्त्री बनेका खानलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ३ माघमा खानेपानी मन्त्रीको जिम्मेवारी दिएका थिए ।

तर पूर्वसहमति अनुसार उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय नै पाउनुपर्ने भन्दै उनले कार्यभार सम्हाल्न मानेका थिएनन् ।