• २०८३ जेठ २२
  • 2026 June 05, Friday

२०२२ को उत्कृष्ट आईसिसी पुरूष क्रिकेटर बने सूर्यकुमार यादव

भारतीय क्रिकेटर सूर्यकुमार यादव वर्ष २०२२ को उत्कृष्ट पुरूष क्रिकेटर भएका छन्।

उनले ट्वान्टी २० फर्म्याटमा आईसिसीको यो अवार्ड हात पार्न पाकिस्तानका विकेटकिपर ब्याटर मोहम्मद रिजवान र जिम्बावेका सिकन्दर राजालाई पछि पारे।

सन् २०२२ मा उत्कृष्ट प्रदर्शन गरेका सूर्यकुमारले केही कीर्तिमानसमेत बनाएका छन्।

सूर्यकुमार टी-२० अन्तर्राष्ट्रियमा एक क्यालेन्डर वर्षमा १ हजारभन्दा बढी रन बनाउने दोस्रो खेलाडी बनेका छन्। ३२ वर्षीया उनले १८७.४३ को स्ट्राइक रेटमा ११६४ रन बनाएर वर्षको सर्वाधिक रन बनाउने खेलाडी बने।

यस अवधिमा उनले ६८ छक्का प्रहार गरेका थिए। टी-२० क्रिकेट इतिहासमा कुनै पनि क्रिकेटरले एक वर्षमा सबैभन्दा बढी छक्का प्रहार गरेको यही हो।

सूर्यकुमार वर्षभर भारतीय टोलीका मुख्य ब्याट्सम्यान रहे र यस अवधिमा उनले दुई शतक र नौ अर्धशतक प्रहार गरे।

अष्ट्रेलियामा भएको आईसिसी पुरुरूष टी-२० विश्वकपमा पनि उनले सानदार प्रदर्शन गरे। उनले १८९.६८ को स्ट्राइक रेटमा ६० को औसतमा ६ पारीमा ६ वटा अर्धशतक बनाएका थिए।

यस्तै उनले सन् २०२३ मा पनि शतक प्रहार गर्दै वर्षको सुरूआत गरेका छन्।

अघिल्लो वर्षको लयलाई कायम राख्दै उनले न्युजिल्याण्डमा भएको द्विपक्षीय शृंखलामा टी–२० अन्तर्राष्ट्रियमा दोस्रो शतक बनाएका हुन्।

हाल आइसिसीको टी-२० खेलाडी सूचीमा शीर्ष स्थानमा रहेका सूर्यकुमारले ९०८ रेटिङ अंक पाएका छन्।

यस्तै महिलातर्फ ‘वेस्ट क्रिकेटर अफ द इयर’ को उपाधि अस्ट्रेलियाकी ताहलिया म्याकग्राले जितिन्।