
काठमाडौं । राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा अनन्त थापा नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाले अनन्तलाई भारत विरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि प्रशिक्षक नियुक्त गरेको जनाएको छ ।
आइतबार एन्फा मुख्यालयमा एन्फा महासचिव किरण राईले थापालाई नियुक्ती पत्र प्रदान गरे ।
गंगा गुरुङ सहायक प्रशिक्षक र सुरजकुमार लामा गोलकिपिङ प्रशिक्षक नियुक्त भएका छन् । बृन्दा देवान टिम म्यानेजर नियुक्त भएकी छन् ।
नेपालले फेब्रुअरी १३ देखि २५ भित्रमा भारतसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका छ ।